कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय  भेला हेटौंडामा हुने भएको छ । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाल पौडेलले विज्ञप्ति जारी गर्दै, आगामी असार ५, ६ र ७ गते कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा हुने जानकारी  दिएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम उक्त राष्ट्रिय भेला हुन लागेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?