अर्ब रुपैयाँ कर फिर्ता

लोकपथ
91
Shares

गत आर्थिक वर्ष २०७७÷७८ मा सरकारले करिब चार अर्ब रुपैयाँ कर फिर्ता गरेको छ। आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन्। विभागका अनुसार कूटनीतिक निकाय तथा कूटनीतिज्ञको मूल्य अभिवृद्धि कर र सरकारले समय–समयमा दिँदै आएको कर छुट सुविधासमेत गरेर उक्त रकम बराबरको कर फिर्ता गरिएको हो। गत आवमा कर फिर्ताका लागि एक हजार ५१८ वटा दाबी परेका थिए। ती सबैबाट १९ अर्ब २४ करोड ३८ करोड रुपियाँ कर फिर्ताको दाबी गरिएको विभागले जनाएको छ। गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?