नेकपाको नाम जुधाएकोमा आपत्तिः अध्यक्ष ऋषिराम कट्टेल

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत बिहिबार एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुघाएको भन्दै अर्को नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आपत्ति जनाएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीक अध्यक्ष कट्टेलले विज्ञप्ति जारी गर्दै भने उनले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचनदेखि निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको दल भएको स्पष्ट पारेका छन् । 

पछिल्लो पटक निर्वाचन आयोगको मिति २०७४। ५। २२को निर्णय अनुसार संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४८ अनुसार नेपाल कम्युनिष्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घनकोदालो प्रदान गरेको भन्दै ऐन अनुसार आफ्नो पार्टीसँग मिल्ने दल दर्ता गर्न नपाइने भएपछि गलत बाटो प्रयोग गरेर दल दर्ता गर्न खोजिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै उनले भने, ‘आयोगको ऐनको दफा ६ मा दलदर्ताहुन नसक्ने बिभिन्न कारणहरुको उल्लेख गरेको छ । दफा  ६ को उपदफा ड मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दलदर्ता हुन नसक्ने प्रष्ट व्यबस्था गरेको छ । त्यस कारण नेपाल को कानुन र संविधान  अनुसार निर्वाचन आयोग मा अर्को नेपाल कम्युनिष्ट पार्टी दर्ता हुनै सक्दैन ।’

अध्यक्ष कट्टेलले भने, यदि सत्तासिनहरु असंवैधानिक एवं गैह्र कानुनी वाटो अवलम्वन गर्दछन भने नेपाल कम्युनिष्ट पार्टीले त्यसको प्रतिरोध चेतावनी दिएका छन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?