काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको नेता चयन भएका छन् । प्रधानमन्त्री र अध्यक्ष समेत रहेका उनलाई संसदीय दलको पनि जिम्मेवारी दिइएको हो ।
आज नेकपा संसदीय दलको पहिलो बैठकले प्रधानमन्त्री ओलीले दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो । नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न गरेकोमा प्रस्तावमा सबै साँसदहरुले समर्थन जनाएका थिए ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकिकरण भएर नेकपाको स्थापना भएपछि संसदीय दलको नेता चुन्नपर्ने बैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओली सो पदमा चुनिएका हुन
।
बैठकलाई सम्बोधन गर्दै ओलीले आ भारतसँग बराबरीको सम्बन्ध रहने बताएका छन् ।
उनले विराटनगरमा रहेको भारतीय दूतावास मातहतको फिल्ड अफिस हटने दावी पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले भारत सन १०५० को सन्धि पुरनावलोकन गर्न तयार रहेको दावी पनि गरे ।
यस्तै ओलीले प्रधानमन्त्री ओलीले काँग्रेसलाई कटाक्ष गर्दै आफुहरुलाई घमण्ड गरेर हिँड्ने फुर्सद नभएको बताए ।
उनले नेकपा लोकतान्त्रिक पार्टी भएकाले विपक्षीलाई दमन नगर्ने पनि बताए ।
उनले आबश्यकता परे देश र जनताको हितमा संविधान संशोधन गर्ने पनि बताएका छन् ।
यस्तै अर्का अध्यक्ष प्रचण्डले बैठकमा दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताए ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताए ।
दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै उनले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालीरहेको बताए ।
आफूहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै उनले भने, “जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाक्रमका रुपमा स्थापित भएको छ ।”
इतिहास, नेपाली जनता र देशले दिएको जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ आफूहरु एकीकृत रुपमा अगाडि बढ्ने संकल्प गरेको र त्यो पूरा भएको उनको भनाइ थियो ।
केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने उल्लेख गर्दै उनले ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने दृढता व्यक्त गरे ।
बैठकले संसदीय दलको प्रमुख नेता छानेपनि प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारी चयन र संसदीय समिति गठन गर्न बाँकी रहेको छ ।
दुई पार्टीबीच बिहिबार एकता भएको थियो । एकतापछि दुबै पार्टी कार्यालयमा नयाँ बोर्ड राखिइसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया