पार्टी एकतापछि आयो राप्रपा (प्रजातान्त्रिक)को विज्ञप्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले एमाले र माओवदी केन्द्रीबीच एकता भई नेपाल कम्यूनिष्ट पार्टी गठन भएकोमा खुशी व्यक्त गरेको छ । 

शुक्रबार विज्ञप्ति जारी गर्दै राप्रपा (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष दीपक बोहराले भने,  विगत लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य संविधानको कार्यन्वयन र जनचाहँना अनुसार राजनीतिक स्थिरता, सुशासन, जनमुखी प्रशासन, शान्ति, समृद्धि र विकासको सपना पूरा हुने विश्वास भएको बताए ।

त्यस्तै पार्टी एकता ऐतिहासिक भएको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले सिंगो पार्टी पंक्ति, शुभेच्छुकहरु तथा शुभचिन्तकमा शुभकामना व्यक्त गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?