अमेरिकाको स्कुलमा फेरि  गोली चल्यो, १० को मृत्यु

प्रेरणा तिमल्सिना -अमेरिकाको टेक्सस सहरको हाइस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ ।
सोही स्कुलमा अध्यनरत १७ वर्षे डिमिट्रायोस पेगरजिस नामका विद्यार्थीले विद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने १० जना घाइते भएका छन् । प्रहरीले आक्रमणकारीको डायरी, कम्प्युटर, मोबाइलबाट पाएको सूचनाअनुसार घटना गराएपछि आक्रमणकारीले आफ्नै हत्या गर्ने योजना बनाएको थियो । तर आत्महत्या गर्न नसकेर उसले आत्मसर्मपण गरेको बुझिएको छ ।
‘गनभायलेन्स आरकाइभ’ नामक एक अमेरिकी अनुगमन टोलीका अनुसार गोली प्रहारबाट अमेरिकामा यो वर्ष मात्रै ५ हजार भन्दा बढी मानिसको ज्यान गुमिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?