विप्लवले भेटे नारायणकाजी श्रेष्ठ, पार्टी एकताबारे छलफल

लोकपथ
154
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटघाट भएको छ ।

पछिल्लो समय विप्लव नेतृत्व माओवादी केन्द्रसँग मिल्ने चर्चा चलिरहेका बेला विप्वलले श्रेष्ठसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आजको भेटघाटका क्रममा समेत पार्टी एकताको विषयमा छलफल गरिएको बताइएको छ ।

पूर्व सहकर्मी समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विप्लव पनि माओवादी केन्द्रमा आउन लागेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?