पार्टी एकता टिक्दैन भन्नेहरुलाई ओलीको यस्तो जवाफ !

काठमाडौँ – प्रधानमन्त्री तथा नवगठित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असफलता अनेक श्रृंखलाहरु पार गरेर आजको स्थितीमा आईपुगेको भन्दै अब सबै मिलेर शहिदहरुको सपना पुरा गर्ने बताएका छन् । 
पार्टी एकतापछि पनि विभिन्न खाले  टिकाटिप्पणी आएको प्रति ईङ्गित गर्दै ओलीले भने, “कतिले भन्छन् एकता त भयो तर टिकाउन गाह्रो छ । यो टिक्ने हैन क्यारे ! केपी ओली र प्रचण्ड एक ठाउँमा मिलेर बस्न सक्छन् ?” यस्ता टिकाटिप्पणी गर्दै शंका नगर्न आग्रह गर्दै उनले थपे, “हामीहरु पार्टी र सरकार प्रमुख भइसकेका छौं । अब भूतपूर्व भन्दा माथितिर फोटो टाँसिने हैन क्यारे । माधव नेपाल एक पल्ट भएपनि धेरै अनुभवी हुनुहुन्छ ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?