जग्गा किन्न कर्मचारी सञ्चय कोषबाट ५० लाखसम्म सापटी पाइने

लोकपथ
441
Shares
तस्विर: गुगल

कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा खरिदका लागि सापटी प्रदान गर्न सुरु गरेको छ।कोषले सञ्चयकर्ताको सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित गर्न यो सेवा सुरु गरेको हो।

सरकारले बजेटमार्फत राष्ट्र सेवक कर्मचारीहरूलाई कर्मचारी सञ्चयकोषमार्फत सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो। यो सापटीको सुविधा कोषमा एक वर्ष वा सोभन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन्। जग्गा खरिद सापटीको अधिकतम सीमा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरु तलबमान र सेवा अवधिको आधारमा १० वर्षको तलब वा अधिकतम ५० लाख रुपियाँ वा जग्गा खरिद÷बिक्री गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी सापटी रकम प्रदान गरिनेछ।

सापटी चुक्ता गर्ने अवधि सञ्चयकर्ताको बाँकी नोकरी अवधिमा नबढ्ने गरी अधिकतम दस वर्षको हुनेछ। गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?