वरिष्ठ अधिवक्ता भट्टको आरोप : ‘प्रधानन्यायाधीश जबरा भूमिगत गिरोहबाट सञ्चालित’

लोकपथ
91
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भूमिगत गिरोहबाट सञ्चालिन भएको आरोप लगाएका छन् ।

आज नेपाल बारको अगुवाइमा भएको आन्दोलनलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले त्यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश जबराले प्रधानन्यायाधीशले न्यायाधीशहरुबीच गुट र फुट ल्याएको आरोप लगाउँदै आफूहरुको एकसूत्रीय माग राजीनामा भएको बताए ।

‘यो प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छन। एकसुत्रिय माग राजीनामा नै हो। चोलेन्द्रले न्यायाधीशहरुबीच पनि गुट र फुट ल्याए। जबराको पक्षमा लाग्ने न्यायाधीश बिरुद्ध पनि आन्दोलन गर्नुपर्ने दिन नआओस्।’ उनले भने ।

प्रधानन्यायाधीश बिनाको फुलकोर्ट बैठक बस्न नसकिने भए पनि न्यायाधीशहरु बैठक बसेको बताउँदै मुख्य रजिस्ट्रारले ल्याएको फाइलमा हस्ताक्षर गरेर पनि पदमा टाँसिएर बसेको आरोप लगाए ।

उनले भने, ‘कस्तो लिच्चड प्रधानन्यायाधीश प्रधानन्यायाधीश बिनाको फुलकोर्ट बस्न सकिँदैन भनिएको छ। प्रधानन्यायाधीशबिना न्यायाधीशहरुले गरेको निर्णयमा मुख्य रजिस्ट्रारले ल्याएको फाइलमा हस्ताक्षर गरेर पनि पदमा टाँसिएर बसेका छन् ।’

सो क्रममा अधिवक्ता राजेश्वर अधिकारी प्रधानन्यायाधीको पछाडी अन्य १९ न्यायाधीशहरु नरहेको टिप्पणी गरे ।

‘तपाईंको पछाडि तपाईंकै १९ भाइ छैनन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?