एकता घोषणासभालाई सम्बोधन गर्दै के–के भने प्रचण्डले ?

काठमाडौं– नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  राष्ट्रपतिको निष्टालाई आत्मसात गरेर आफूहरु अघि बढेको बताएका छन् । उनले अब देशमा नयाँ युगको शुरुवात भएको बताएका छन् । 

बिहिबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै उनले आफूहरुको उद्देश्य जनतालाई खुशी र राष्ट्रलाई सुमृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए ।  

प्रचण्डले अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग शुरुवात भएको पनि बताए । 

पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै  स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए । 

विगतमा कपिपयले पार्टी एकताको विषयमा आशंका  व्यक्त गरेको स्मरण गर्दै  प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताए । प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको पनि सो क्रममा बताए । उनले एकतामा साथ दिने   आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए ।

उनले आम जनभावनाअनुसार  एमाले र माओवादी एकजुट भएको पनि बताए ।  जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको  स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो ।

अब राष्ट्रले अराजकता थेग्न नसक्ने बुझेर पार्टी एकता गरेको बताउदै उनले आफ्नो जीवन निरन्तरतालाई क्रमभंगता गर्ने भएको पनि बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?