एमाले माओवादी पार्टी एकता :बाबुराम भट्टराईको प्रश्न

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई एमाले माओवादी पार्टी एकता स्वभाविक भएपनि ‘विडम्बनापुर्ण’ भनेका छन् । 

बिहीबार अपरान्ह सामाजिक सञ्जाल फेसबुकमा डा. भट्टराइले ऐतिहासिक जनयुद्धको दशबर्षसम्म विपरित ध्रुवमा उभिएका र एकअर्कालाई सिध्याउने मनोविज्ञान बोकेका दुइ पक्षका नेताकार्यकर्ताको मिलन कसरी होला ? भन्दै त्यसमा व्यवहारिक समस्या हुने बताएका छन् । ‘कि त एमालेजनले जनयुद्धमा नलाग्नु र विरोध गर्नु गलत थियो भन्ने भित्री मनले स्वीकार्नु पर्यो कि प्रचण्ड माओवादीले जनयुद्ध गलत र अपराध थियो भनेर पश्चाताप गर्नुपर्यो ! दुवै एकैसाथ सही कसरी हुनसक्छन् ? डा. भट्टराईले प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?