दुई दिन सार्वजनिक बिदा

लोकपथ
84
Shares

जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । जिल्लाको मेलौली नगरपालिकाले आज एक सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो । मेलौली–१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिए ।

यस्तै सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि बिहीबार एक दिन सार्वजनिक दिने निर्णय गरेको छ । नगरप्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा बिहीबार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएकाले बिदा दिइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?