काठमाडौं । एमाले र माओवादीको पार्टी एकता पछि नयाँ पार्टीको सचिवालय नौ सदस्यीय बन्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले नयाँ पार्टीको सचिवालय सदस्य संख्या नौ जनाको हुने निर्णय गरेको हो ।
बैठकले आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने र दुवै पार्टीको संयुक्त बैठक आजै बालुवाटारमा बस्ने निर्णय गरेको एमाले नेता ईश्वर पोखरेलले जानकारी दिए ।
त्यस्तै सचिवालय सदस्यमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव कुमार थापा र झलनाथ खनाल रहेन छन् भने उपाध्यक्षमा बामदेव गौतम र ईश्वर पोखरेल हरने सम्भावना प्रवल देखिएको छ । यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेता रामबहादुर थापा ‘बादल’ रहने निश्चित भएपनि अर्का एक जनाको भने नाम टुंगो लागिनसकेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया