बालुवाटारमा एकता संयोजन समितिको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सुरु भएको छ । 

बैठकले आज घोषणा गर्न लागिएको पार्टी एकतालाई अनुमोदन गर्ने बताइएको छ ।  

बुधबार बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफलपछि पार्टी एकता गर्ने सहमति जुटेको थियो । सो सहमतिपछि दुबै पार्टीको बैठकले एकता गर्ने निर्णयलाई अनुमोदन गरिसकेका छन् । 

त्यस्तै एमालले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह ४ बजेका लागि बोलाएको बैठकले पार्टी एकताको प्रस्ताव अनुमोदन गरेको थियो । साथै पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका समेत तयार गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?