तीन सातापछि सर्वोच्चमा नियमित सुनुवाइ

लोकपथ
42
Shares

सर्वोच्च अदालतमा तीन सातापछि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालतमा देखिएको गतिरोध वार्ताको माध्यमबाटै समाधान गर्न आह्वान गरेको भोलिपल्टै असन्तुष्ट न्यायाधीशहरूको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार न्यायाधीश मंगलबार नियमित इजलासमा फर्किएका हुन् ।

बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ गरेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?