प्रदेश २ का मन्त्री यादव बर्खास्त

लोकपथ
105
Shares

काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्त भएका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उनलाई आज बर्खास्त गरेका हुन् ।

मन्त्री यादवलाई मंगलबार नै राजीनामा दिन आग्रह गरिएको थियो । अब उक्त मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी भइरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?