२२ दिनपछि इजलासमा फर्किए ५ न्यायाधीश

लोकपथ
140
Shares

काठमाडौं । सर्वोच्चका ५ जना न्यायाधीशहरु २२ दिनपछि इजलास फर्किएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म इजलास नफर्किने न्यायाधीशहरुको अडानले एक सातासम्म सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ भएको थिएन।

प्रधानन्यायाधीश जबराले सामान्य मुद्दामा पनि पेसी तोकेपछि न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मीले संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ थालेका छन्।

रेग्मी र केसीको संयुक्त इजालसमा मंगलबारका लागि बन्दी प्रत्यक्षीकरणका कुनै मुद्दा छैनन्।

सोमबारदेखि आन्दोलन छाडेर उनीहरु काम फर्किने निर्णयमा पुगेका थिए।

सोमबार बसेको दुवै बार र न्यायाधीशहरुको बैठक बहिष्कार गर्ने न्यायाधीशहरूमा तेजबहादुर केसी, कुमार चुँडाल, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा थिए। तर उनीहरु आज प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा फर्किएका हुन् ।

यता प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट न्यायाधीशहरुसँग नेपाल बारले छलफल गरेको छ । प्रधानन्यायाधीश जबराविरुद्ध निरन्तर आन्दोलन गरिरहेको नेपाल बारले तेस्रो चरणको आन्दोलन तय गर्नका लागि असन्तुष्ट न्यायाधीशहरुसँग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?