काठमाडौं । नेपाल बार एसोसियसनले असन्तुष्ट न्यायाधीशहरुसँग छलफल गर्ने भएको छ ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग असन्तुष्ट रहेका न्यायाधीशहरुसँग छलफल गरी आन्दोलनका थप कार्यक्रमहरु तय गर्न लागिएको हो ।
असन्तुष्ट न्यायाधीशहरुसँग छलफलका लागि नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बारका पदाधिकारी सर्वोच्च प्रवेश गरेका छन्।
बारले न्यायाधीशहरुसँग छलफलपछि तेस्रो चरणको आन्दोलनका कार्यक्रम बनाउने बताएको छ। आज बारको दोस्रो चरणको आन्दोलनको अन्तिम दिन हो ।
गत कार्तिक १४ गतेदेखि नेपाल बारको अगुवाइमा कानुन व्यवासायीहरुले प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया