ललितपुरमा विप्लवका कार्यकर्ताद्वारा साझा बस तोडफोड, २२ जना नियन्त्रणमा

लोकपथ
469
Shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका कार्यकर्ताले ललितपुरमा साझा बस तोडफोड गरेका छन् ।

आजका लागि विप्लव नेतृत्वले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध बन्दको आह्वान गरेको थियो । बन्दको दिन सवारी चलाएको भन्दै बा ५ख ८७५५ नम्बरको बस इटिचोकस्थित महायान पेट्रोल पम्प अगाडि तोडफोड भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशिलसिंह राठोरले लोकपथलाई जानकारी दिए । त्यस्तै बन्द गराउन हिँडेका विप्लव नेतृत्वका २२ जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइरहेको उनले बताए ।

‘तोडफोड गर्नका लागि आन्दोलनकारीलाई नियन्त्रणमा लिएका छौँ । काठमाडौं प्रहरीले २१ जना र ललितपुर प्रहरीले १ जना गरी २२ जना नियन्त्रणमा लिएका छौँ । हाल अवस्था सामान्य रहेको छ । ’ उनले भने ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज देशैभरी विप्लव नेतृत्वले बन्दको आह्वान गरेको छ । अन्य जिल्लामा बन्दको असर देखिए पनि काठमाडौंमा भने सार्वजनिक सवारी साधन बाहेक अन्य सवारी चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?