काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत कानुनव्यवसायीहरु आज पनि सर्वोच्च पुगेका छन् ।
नेपाल बार एसोसियसनको अगुवाइमा गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका उनीहरुले मंगलबार पनि सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका छन् ।
आजको आन्दोलनको ‘भ्रष्ट चोलेन्द्र अदालत छोड’, ‘बिचौलियाको नाइके कुर्सी छोड’ जस्ता नाराहरु लगाइरहेका छन् ।
आन्दोलनमा सहभागी अधिवक्ता अञ्जना अर्यालले भने आफूहरुले प्रधानन्यायाधीशको राजीनामा मात्र मात्रै माग नगरी न्यायालयमा भइरहेको बेथितिको विषयमा आन्दोलन गरेको बताइन् ।

आजको आन्दोलनको क्रममा अन्य दिनहरुमा भन्दा कम मानिसहरुको उपस्थिति रहेको छ ।
सर्वोच्चमा निरन्तरको आन्दोलनको कारण न्याय निरुपणमा समेत असर परेको भन्दै प्रधानन्यायाधीश जबराले सोमबार नेपाल बारलाई वार्ताका लागि आह्वान गरेका थिए । यद्यपि नेपाल बारले भने प्रधानन्यायाधीशले बोलाएको वार्तामा नबस्ने चेतावनी दिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया