एमालेको निर्णयः एकता संयोजन समितिले जे निर्णय गर्छ त्यही मान्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा पार्टी एकता सम्बन्धी विषयमा छलफल भएको थियो । 

एमाले सचिव प्रदिप ज्ञवालीले भने, ‘एकता संयोजन समितिले जे निर्णय गर्दछ, एमालेले त्यसलाई मान्नेछौं ।’ उनले भने, भोली एकता संयोजन समितिको बैठकले पार्टी एकताको मिति तय गर्छ ।’
आगामी जेठ १५ गते भित्र पार्टी एकताका हुने एमाले सचिव ज्ञवालीले बताए ।  

त्यस्तै बैठकमा सरकारले आगामि जेठ ७ गते ल्याउने नीति तथा कार्यक्रमको सम्बन्धमा सरकारलाई सुझाव दिएको छ । साथै कनेक्टीभिटीलाई पूर्णता दिने तथा कृषि, पूर्वाधार र उर्जामा विकासका विषयमा पनि छलफल भएको सचिव ज्ञवालीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?