प्रचण्ड र ओलीको निवासमा छुट्टाछुट्टै बैठक

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको बैठक छुट्टाछुट्टै बसिरहेको छ ।  एमालेको बैठक बालुवाटार र माओवादी केन्द्रको ललितपुरस्थित खुमलटारमा बसिरहेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । । यस्तै खुमलटारमा पार्टी कार्यालयको विस्तारित बैठक बसिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

बिहान प्रचण्ड र केपी ओली बीच भएको वान टु वान वार्तामा एकता गर्ने समझदारी भएसँगै एकतालाई अनुमोदन गर्ने विषयमा छलफल गर्न दुबै पार्टीको बैठक बसेको हो । दुबै पार्टीका नेताहरुले  भोलि नै पार्टी एकता गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?