काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठक आज साँझ ४ बजे बालुवाटारमा बस्दै छ । नेकपा एमालेको स्थायी समितिको बैठकमा सरकारले ल्याउने निति तथा कार्यक्रमको बारेमा छलफल हुन सक्ने कार्यलय सचिव कृष्ण गोपाल श्रेष्ठले बताए ।
मोदीको भ्रमण पछि बस्न लागेको एमालेको स्थायी समिति बैठकमा भ्रमणको विषयमा पनि कुरा उठ्ने एक जना स्थायी समितिले बताए ।
उपमहासचिव घनश्याम भुसालले भने हाम्रो पार्टीमा धेरै कुराहरु गोप्य हुन्छन् । त्यहि भएर स्थायी समिति बैठका एजेण्डा बैठकले निर्णय गरेपछि थाह हुन्छ । अर्का सदस्य सुवास नेम्वाङलेपनि आफुलाई बैठक छ भन्ने थाह छ तर कुन कुन विषयमा छलफल हुन्छ केहि थाह छैन ।
आजको स्थायी समितिमा प्रचण्ड र ओली बीच भएको वान टु वान वार्ताको र पार्टी एकताको बारेमा ब्रिफिङ हुनसक्ने बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया