एकताको अन्योलमा ‘ब्रेक थ्रुको प्रयास, यसरी सुरु भयोको थियो चिसोपना

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रियामा अन्योल उत्पन्न भएको भनिएको बेला ‘ब्रेक थ्रु’ को प्रयास भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच मंगलबार बिहान एकता प्रक्रियालाई निरन्तरता दिने विषयमा छलफल भएको हो । 

भेटमा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सेरोफेरोमा दुई पार्टीबीच देखिएको विवादका सम्बन्धमा छलफल भएको बताइएको छ । 

भेटका क्रममा एमाले नेता नेपालले ओली र प्रचण्डबीचमात्र वान टु वान वार्ता हुँदा पार्टी एकताबारे कार्यकर्ता प्रष्ट नहुने र अन्यौल बढ्ने भन्दै संयोजन समिति बैठकमा छलफल गर्न आग्रह गरेको बताइएको छ । 

यसरी सुरु भयो विवाद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले गरेको ट्वीटपछि दुई नेताबीच सम्बन्धमा चिसोपन सुरु भएको बताइएको छ । ओलीको ट्वीटपछि प्रचण्डले पार्टीको बैठकमा ओलीको  ट्वीटप्रति असन्तुष्टि जनाएका थिए । सोलगत्तै विवाद सतहमा आएको विवाद हालसम्म पनि ज्यूँका त्यू रहेको बेला    नेपाल र प्रचण्डबीच भेटवार्ता भएको हो । 

मोदीले थप तनाव
मोदीको भ्रमणका सम्बन्धमा प्रधानमन्त्रीले  नेकपा माओवादी केन्द्रसँग कुनै छलफल नगरेको, भारतसँग अरुण तेस्रोको सम्झौतामा  विभागिय मन्त्रीलाई नसमेटेको लगायतका विषयमा माओवादी एमाले र प्रधानमन्त्री  ओलीसँग थप असन्तुष्ट बनेको बताइएको छ ।

सोमबार मात्रै संसद बैठकमा बोल्दै माओवादी प्रवक्ता तथा सांसद पम्फा भुसालले भारतसाग भएको  अरुण तेस्रोसम्बन्धी सम्झौता संविधान विपरित भएको बताएकी थिइन् । यसबाहेक पार्टी एकताका सन्दर्भमा पनि भागबण्डा, एजेण्डाका साथै चुनाव चिन्ह र झण्डालगायतका विषयमा पनि विवाद भएको  छ । 

दुई पार्टीबीच विवाद बढेसँगै जेठमा हुने भनिएको एकता लगभग टरेको बताइन थालिएको छ । यसअघि  पनि दुई पटक एकताको मिति सरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?