एजेन्सी: भारतीय संसदका सांसद तथा पूर्व राष्ट्रसंघीय कुटनीतिज्ञ शशि थरुरमाथि सन् २०१४मा उनकी पत्नीले गरेको आत्महत्यामा सहयोग गरेको आरोप लगाइएको छ ।
विवरण नखुलाइएको थरुरकी पत्नी सुनन्दा पुष्पकरको मृत्युलाई त्यतिखेर आत्महत्या भनिएको थियो ।तर पछि प्रहरीले त्यो आत्महत्या नभइ हत्या भएको भन्यो । हत्या भनेका बेला प्रहरीले आंशका गरिएका हत्याराको नाम उल्लेख गरेको थिएन् ।
अब दिल्ली प्रहरीले सुनन्दा पुष्करको आत्महत्यासम्बन्धी मुद्दामा सांसद थरुरलाई आरोप लगाएको छ।थरुरले आत्महत्याको मुद्दामा आफूलाई बलपूर्वक फँसाउन निरर्थक आरोप लगाएको भनि ट्विट गरे ।
भारतको प्रमुख प्रतिपक्षी कांग्रेस पार्टीका सांसद थरूरले सुनन्दा पुष्पकरसँग सन् २०१०मा विवाह गरेका थिए । सुनन्दा पुष्कर दुबईका पूर्व व्यापारी महिला थिइन् । सन् १७ जनवरी २०१७का दिन एक पाँचतले होटलको कोठामा मृत फेला परेकी थिइन् ।
उनको मृत्युको कारण भने अझ अस्पस्ट छ । पहिलो शव परीक्षणले उनी लागू औषधको बढी मात्रा लिएका कारण मृत्यु भएको हुन सक्ने उल्लेख गरियो । अर्को एक रिपोर्टमा एक गहिरो टोकाइ उनको हत्केलामा रहेको देखियो ।
सुनन्दाको मृत्यु हुन अघि थरुर दम्पत्तिका बारेमा धेरै विवाद देखियो । त्यसक्रममा थरुर कुनै पाकिस्तानी पत्रकारसँग प्रेम सम्बन्धमा रहेको चर्चा भएको विवाद पछि दुबैले आफूहरू खुशीपूर्वक रहिरहेको र यी आरोपहरू निराधार र आफूहरूबीच विवाद सिर्जना गर्ने खालको रहेको बताएका थिए ।
राष्ट्रसंघमा २५ वर्षसम्म कुटनीतिज्ञको रुपमा काम गरेका थिए । सन् २००९मा उनले राजनीतिमा आएका थिए । सन् २०१०मा मन्त्री पदबाट क्रिकेटको विवादका कारण राजीनामा दिए । थरुर २०१२मा मानव संसाधन विकास राज्यमन्त्रीमा नियुक्त भए ।
भारतीय कानुनमा आत्महत्याका लागि प्रोत्साहनसम्बन्धी कानुन छ । यो कानुनमा दोषी पाइए १० वर्षसम्मको जेल सजाय र जरिवाना हुनसक्छ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया