प्रधानन्यायाधीश राणाले तोके १७७ मुद्दाको पेसी

लोकपथ
133
Shares

काठमाडौं । बिहीबार (आज) का लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विभिन्न १७७ मुद्दाको पेसी तोकेका छन् ।

आज तोकिएका मध्ये अधिकांश बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाहरु रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

न्यायालयमा देखिएको विवादका कारण प्रधानन्यायाधीशले पेसी तोके पनि न्यायाधीशहरुले भने इजलास बहिस्कार गर्दै आइरहेको छन् । सोही क्रममा लामो समयदेखि अन्योलमा रहेका बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने सहमती भएसँगै उक्त मुद्दाको पेसी तोकिँँदै आइरहेको छ ।

प्रधानन्यायाधीश राणाले ले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र तेजबहादुर केसी, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालाल माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल, नहकुल सुवेदीको एकल इजलास तोकेका छन् । भने आफ्नै पूर्ण गरी ९ इजलास गठन गरेको हुन् ।

यता प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बार एसोसियसनसहित कानुन व्यवसायीहरुले आन्दोलन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?