संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज फ्रान्सको पेरिस प्रस्थान गरेका छन् ।
यही नोभेम्बर ९ मा सुरु भएको महासभा नोभेम्बर २४ तारिखसम्म चल्नेछ । प्रतिनिधिमण्डलमा शिक्षा मन्त्रालयका सचिव एवं युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका महासचिव रामप्रसाद थपलिया, आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीलगायत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया