हेर्नुहोस् आजका मुख्य १५ समाचारहरु (भिडियोसहित)

लोकपथ
112
Shares

लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र हेर्न पाउनु हुनेछ । दैनिक समाचारका लागि लोकपथ डटको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गरेर नियमित रूपमा समाचार र अन्य सूचनामूलक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

१ प्रजातन्त्रको विरुद्धमा नलाग्न पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चेतावनी, चुनाव लडेर शासन गर्न चुनौती

२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिए छठ पर्वको शुभकामना, आपसी एकतामार्फत समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आग्रह

३ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कार्तिक ३० गते विश्वासको मत लिने, विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारी

४ आज छठ पर्वको मुख्य दिन, निराहार व्रत गरिरहेका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइयो

५ प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान, भारतीय सेनाध्यक्ष नरवणेको औपचारिक निमन्त्रणामा भारत गएका शर्मा कात्तिक २६ गते स्वदेश फर्कँदै

६ अब महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन नहुने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको दाबी, कार्यतालिका अत्यन्तै छोटो भएकाले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन मिलेर अघि बढ्नुपर्नेमा जोड

७ राजनीतिक समन्वय समिति आवश्यक नभएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाइ, सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको टिप्पणी

८ राष्ट्रिय जनगणना २०७८ भोलिबाट सुरु हुँदै, जनगणनाका लागि ४० हजार गणक र ८ हजारभन्दा बढी सुपरिवेक्षक परिचालन, सम्पूर्ण तयारी पूरा

९ ईपीएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान नेपाल सरकारले ग¥यो कोरिया सरकारसँग अनुरोध, ईपीएसअन्तर्गत नेपालका लागि कोटा संख्या बढाउन आग्रह

१० बितेको २४ घण्टामा गरिएको ६ हजार ८१४ परीक्षणमा थप ४४० जनामा कोरोना संक्रमण पुष्टि, ४७४ जना संक्रमणमुक्त, ६ जनाको मृत्यु

११ कोरोना भाइरसविरुद्धको फाइजर खोपको पहिलो डोज कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाइने, काठमाडौं उपत्यकाभित्रका ८ सहित २४ वटा खोपकेन्द्रबाट लगाउन सकिने

१२ यमनमा पत्रकारको कारमा बम विस्फोट, विस्फोटमा परी महिला पत्रकार र नवजात शिशुको मृत्यु, घटना कसले र किन गरायो भन्नेबारे अनुसन्धान हुँदै

१३ जापानको प्रधानमन्त्रीमा फुमिओ किसिदा बहुमतले निर्वाचित, मन्त्रिपरिषदमा आफ्नो पहिलो कार्यकालका सहयात्रीहरूलाई नै निरन्तरता दिने अपेक्षा

१४ आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै, दुवै टिम एक–अर्कालाई हराएर फाइनल पुग्ने दाउमा

१५ र, जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा कैलालीको गौरीगंगा नगरपालिका सेमिफाइनलमा, टाइब्रेकरमा पुगेको खेलमा इलामको रोङ ३–२ गोल अन्तरले पराजित

https://www.facebook.com/lokpath/videos/605409440595196

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?