व्रतालु महिलालाई सारी वितरण

RSS
399
Shares

पर्सा । छठ पूजा गर्ने दुई हजार ५०० व्रतालुलाई वीरगञ्जका समाजसेवी एवं संविधानसभा सदस्य अनिल रुङ्गटाले सारी वितरण गरेका छन् । वीरगञ्ज महानगरपालिका–१ र २ का व्रतालुलाई करिब चार लाख रुपैयाँबराबरको सारी बाँडेका हुन् ।

कोरोना संक्रमणका कारण व्यक्तिको आयस्तर कमजोर भएको र बढ्दो महँगाइले व्रतालुलाई छठ पर्व मनाउन समस्या भएको भन्दै उनले थोरै भए पनि राहत प्रदान गर्ने उद्देश्यले छपकैयाको दुई वडाका गरिब तथा दलित व्रतालुलाई सारी वितरण गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?