न्यायालय विवाद असर : बेन्च बहिस्कार गरेर न्यायाधीशहरु आन्तरिक छलफलमा

लोकपथ
98
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले बेन्च बहिस्कार गरेका छन् ।

मंगलबार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा समेत पेसी तोकेका थिए । प्रधानन्यायाधीश राणाले आफ्नो लागि समेत इजलास तोके पनि अन्य न्यायाधीशहरु बेन्चमा नबसी आन्तरिक छलफलमा जुटेका छन् भने प्रधानन्यायाधीश राणाको पेसीमा चढेको मुद्दामा भने कारण देखाउ आदेश जारी भएको छ ।

त्यसैगरी न्यायाधीशहरु तेजबहादुर केसी र डा. मनोजकुमार शर्माको इजलासमा पेसीमा परेको मुद्दा भने हेर्न नभ्याइने सूचीमा राखिएको छ भने उक्त इजलासमा परेको बन्दी पत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ भएको छ ।

मंगलबारको लागि विभिन्न १० वटा मुद्दामा पेसी तोकिएको थियो ।

विगत केही समय यता न्यायालयमा राजनीति छिरेको भन्दै न्यायाधीशहरुसहित कानुन व्यवसायीहरु असन्तुष्ट बनेका छन् । गत कार्तिक १४ गतेबाट नेपाल बार एसोसियसनसहित कानुन व्यवसायीहरु प्रधानन्यायाधीश राणाको विरुद्धमा आन्दोलनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?