प्रधानन्यायाधीश राणाले तोके बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पेसी

लोकपथ
112
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मंगलबार (आज)का लागि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा समेत पेसी तोकेका छन् ।

न्यायालय विवादका कारण केही दिनयता बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मात्र सुनुवाइ भइरहेको थियो । तर आजको लागि भने प्रधानन्यायाधीश राणाले आफूसहित १० वटा इजलास तोकेको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश राणाले आफ्नो भागमा एकल इजलास तोकेका छन् । भने अन्य १६ जना न्यायाधीशलाई ९ वटा संयुक्त इजलास तोकेका छन् ।

यसअघि सोमबार प्रधानन्यायाधीश राणाले आफू सम्मिलित कुमार चुडालसहितको संयुक्त इजलास तोकेका थिए । तर सोमबार चुडाल इजलासमा बसे पनि अन्य न्यायाधीशहरु भने आन्तरिक छलफलमा जुटेका थिए ।

न्यायालय विवादका कारण नेपाल बार एसोसियसनसहित कानुन व्यवसायीहरु प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?