कांग्रेस महाधिवेशन : बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत खटाइयो (नामावलीसहित)

लोकपथ
518
Shares

काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लाको लागि निर्वाचन अधिकृतहरु खटाएको छ ।

पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका प्रदेश नं २ का ८ जिल्लासहित डोल्पा, बाँके, कैलाली, रसुवा र सुर्खेतको लागि निर्वाचन अधिकृत तोकेको हो ।

क्रियाशील सदस्यता विवादका कारण रोकिएका जिल्लाहरुमा संशोधित कार्यतालिका अनुसार आगामी कार्तिक २७ गतेका लागि वडा अधिवेशन तोकेको छ ।

कुन जिल्लामा को ?

कैलाली – टेकबहादुर सुवेदी

बाँके – रेवतीरमण भट्टराई

सुर्खेत – मदन रेग्मी

रसुवा – सुमन कुमार केसी

डोल्पा – कुमारराज श्रेष्ठ

धनुषा – अरुण ज्ञवाली

सप्तरी – डा. रुद्र शर्मा

महोत्तरी – ईन्द्र अधिकारी

सिराहा – सञ्जीव लामा

पर्सा – नरेन्द्र केसी

बारा – ज्ञानेन्द्रप्रसाद अधिकारी

सर्लाही – विनोद कार्की

रौतहट – दिपकराज गिरी

निर्वाचन अधिकृतहरु तोकिएकै मितिमा अधिवेशन सम्पन्न गराउनका लागि कार्तिक २२ गते (आज) नै सम्बन्धित जिल्लाहरुमा पुग्ने निर्वाचन समितिले जनाएको छ । बारा लगायतका जिल्लाहरुमा भएको क्रियाशील विवादका कारण १३ जिल्लामा वडा अधिवेशन सम्पन्न हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?