न्यूजिल्यान्ड सेमिफाइनलमा, भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिए

लोकपथ
98
Shares

काठमाडौं । न्यूजिल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गत समूह २ को खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

पाकिस्तान यसै समूहबाट अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

न्यूजिल्यान्डको जितसँगै समान दुई–दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

भारतले सुपर १२ को अन्तिम खेल नामिवियाविरुद्ध सोमबार खेल्नेछ । समूह १ बाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया ​पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?