काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल सुरु गरेको छ ।
आज आइतबार देशैभरका ९० वटा इकाई बारका पदाधिकारीसँग छलफल सुरु गरिएको नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।
९० वटा इकाई बारका पदाधिकारीसँग छलफल बिहान साढे १० बजेदेखि भर्चुअल मिटिङमा सुरु भएको हो ।
नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार यतिबेला देशैभर रहेका ९० वटा इकाई बारमध्ये ६० वटा इकाई बारका पदाधिकारीहरु भर्चुअल मिटिङमा जोडिएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतका पदाधिकारी र सदस्यहरु यतिबेला इकाई बारसँग छलफलमा जुटेका हुन् । अहिले इकाई बारका अध्यक्ष वा पदाधिकारीले आ–आफ्ना धारणा राखिरहेका छन् ।
भोलि पनि बिहान साढे ११ बजेबाट सर्वोच्च अदालत परिसरमा हातमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम यथावत रहेको बस्यालले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया