काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पीएसजीले जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले बोर्डोमाथि ३–२ को जित हात पारेको हो ।
पीएसजीको जितमा नेयमारले दुई तथा केलियन एम्बाप्पेले एक गोल गरे । बोर्डोका लागि अल्बर्थ इलिस र मबेय नियाङले गोल गरेपनि खेलमा फर्कन भने सकेनन् ।
पीएसजी लियोनल मेस्सी बिना मैदान उत्रिएको थियो । उनी घुँडाको चोटबाट निको हुने चरणमा रहेका छन् ।
जितसँगै पीएसजी ३४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । बोर्डो १२ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थान मात्र माथि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया