बराबरीमा रोकियो बार्सिलोना

लोकपथ
105
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकीएको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोसँग ३–३ गोलको बराबरी खेलेको हो ।

बार्सिलोनका लागि अंशु फाती, सर्जियो बुस्केट्स र मेम्फिस डेपेले गोल गरेका थिए । तर दोस्रो हाफमा लगातार तीन गोल गर्दै सेल्टा भिगोले खेल बराबरीमा ल्याएको थियो । सेल्टा भिगोका लागि लागो अस्पासले दुई र नोलिटोले एक गोल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?