एमसीसीको विषयमा माओवादी केन्द्र स्पष्ट छ : नारायणकाजी श्रेष्ठ

लोकपथ
399
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । उनले यसअघि नै पार्टीले संशोधनबिना एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको स्पष्ट पार्दै सोही अनुसार माओवादी केन्द्र अघि बढ्ने बताए ।

उनका अनुसार नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित बिपरितका प्रावधानहरु सच्याइएमात्रै एमसीसी पारित गर्न पार्टीले सघाउनेछ ।

‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित बिपरितका प्रावधानहरु नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो नै हाम्रो पार्टी नेकपा (नेकपा माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो।’

उनले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?