नेपाल भारतको दृष्टि र सृष्टि एक– मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतको सम्बन्ध शदियौं चलिरहेका छन् । जनकपुर र अयोध्याबीचको सम्बन्ध त्रेता युगमा रामसीताको विवाहसँगै शुरू भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपाल बिना भारत अधुरो भएको बताए । उनले नेपाल भारत लुम्बिनी, विराटनगरको सम्बन्ध रामायणकालीन महाभारतकालीन र बुद्धकालीन समयको सम्बन्धबाँधिएको बताए । उनले भने “ सीताको बिना भारतको कुनै धाम होइन राम नै अधुरो हुन्छन् ।’’

नेपाल भारतको दृष्टि पनि समान सृष्टि पनि समान रहेको बताउँदै उनले नेपाल र भारतबीचको सम्बन्धलाई व्याख्या गरे । मैथिली र नेपालीमा सम्बोधनको शुरूवात गरेका मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई कुनै परिभाषको आवश्यकता नभएको बताए । उनले भने “हामी आस्था, आफ्नोपन, रोटी र बेटीको भाषाबाट बाधिएका छौं ।” 

मोदीलाई बाह्रविगाहामा आयोजित नागरिक अभिनन्दन समारोहमा लाल किशोर साहले मोदीको सम्मानमा नागरिक अभिनन्दन पत्र पढेका थिए । साथै उनले नगरको साँचो प्रधानमन्त्री मोदी लाई बुझाएका थिए । प्रदेश सरकार , उद्योग वाणिज्यसंघ बीरगञ्ज, उद्योग वाणिज्यसंघ जनकपुरका तर्फबाट १२१ किलोको फुलको मालाबाट स्वागत गरिएको थियो ।

प्रदेश नम्बर २कामुख्यमन्त्री लालबाबु राउतले आफ्नो सम्बन्धको क्रममा विभेदकारी संविधानको विरूद्ध संघर्ष जारी रहेको जनाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?