जनकपुर- संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले महत्वपूर्ण धार्मिक तीर्थस्थल जानकी भूमिमा आयोजित यस किसिमको कार्यक्रमले दुई देशबीचको सम्वन्धलाई प्रगाढ बनाएको बताएका छन् ।
नेपाल–भारत खुला सिमानाले जनस्तरको सम्वन्ध परस्पर अझै निकट, बनाएकाले दुईटै मुलुक एक अर्कौको सम्वेदनशीलताप्रति सचेत रहेको धारणा पनि उनले राखे ।
भारतीय प्रधानमन्त्री मोदीको प्रतिनिधि मण्डललाई स्वागत गर्दै उनले भारतले विकासमा उल्लेख्य प्रगति हाशिल गरेको छ । यसको प्रभाव नेपालमा पर्नु स्वभाविकै हो ।
नेपाल पनि विकास, शान्ति र समृद्धिमा अगाडि बढेको छ, संविधान कार्यान्वयमा प्रतिवद्ध छ उनले थपे ।
हाम्रो अनन्य मित्र राष्ट्र भारतको सहयोग र शुभेक्षा रहेको छ । यसअघि प्रधानमन्त्री मोदीको २०१४ मा भएको भ्रमणको स्मरण गर्दै उनले भारतीय महामहिमको पटक पटकको भ्रमणले दुई देशको सम्वन्ध कालान्तरसम्म जिवित नै रहने छ भने ।
राम–जानकीको प्रतिकको रुपमा जनकपुर अयोध्य बस सेवा सञ्चालनमा आउनु दुई देशबीचको सम्वन्धको नयाँ आयाम भएको टिप्पणी उनले गरे । नेपालको बसाई आराम र आनन्द दायिक होस स्वागत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया