काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रवार दिउँसो १.३० वजेबाट काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुको सवारी आवागमन प्रभावित हुने भएको छ ।
प्रधानमन्त्री मोदी जनकपुरबाट भारतीय सेनाको विशेष हेलिकप्टरबाट करिब १ः३० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरण हुने छन् । मोदीको सवारीका क्रममा राजधानीको मुख्य सडकखण्डमा सर्वसाधारणको आवतजावत तथा यातायात सेवा बन्द हुने छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीका अनुसार भारतीय प्रधानमन्त्री मोदीको सवारी चलाइने सडकखण्डमा करीव ३० मिनेट अगाडि नै ठूला खाले सवारी साधनहरुको सञ्चालनमा रोक लगाइने छ ।
मोटरसाइकल तथा साना खाले सवारी साधन र सर्वसाधारणको आवागमनमा २० मिनेट अगाडि रोक लगाइने छ । तर, मोदीको सवारीको समयमा एम्बुलेन्स लगायतका आकास्मीक सवारी साधनहरु भ्ने रोकिने छैनन् ।
मोदीको सवारीको सूचना एक घण्टा अगाडि नै विभिन्न रुटमा जडान गरिएका होर्डिङ बोर्ड र डिजिटल बोर्डबाट सूचना उपलक्ध गराईने ट्राफिक महाशाखाले जनाएको छ ।
विमानस्थलबाट गौशाला, चावहिल हुदै हायात होटल, हायात होटलबाट गौशाला, तीनकुने बानेश्वर हुदै टुँडीखेलसम्मको लामो रुट प्रभावित हुने छ । शितलनिवास र विभिन्न दलका नेताहरुसँग भेटघाटका लागि द्वारीका होटल जाने क्रममा सोही रुटका यातायात प्रभावित हुने महाशाखाले जनाएको छ ।
शुक्रवार मध्यान्हपछि प्रधानमन्त्री मोदीको भ्रमण तालिक यस प्रकार रहेको छ:
प्रधानमन्त्री कपी शर्मा ओलीले मोदीलाई सैनिक मञ्च टुडिखेलमा ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरेपछि मोदी ४ बजे ३५ मिनेटमा उप–राष्ट्रपती नन्दबहादुर पुनसँगको भेटका लागि बहादुरभवन जानेछन् ।
त्यस्तै, ५ बजे महाराजगञ्ज शीतलनिवासमा राष्ट्रपति विद्या भण्डारीसँग औपचारिक भेटवार्ता गरेपछि उनी विभिन्न दलका नेताहरुसँग भेटघाटका लागि महाराजगञ्ज, चावहिल हुँदै द्वारीका होटलमा पुग्ने कार्यक्रम रहेको छ ।
जनकपुरस्थित रंगभूमि (बाह्रविघा) मैदानबाट नागरिक अभिनन्दन पछि सम्बोधन कार्यक्रम सकेर १२ः४० काठमाडौंका लागि प्रस्थान गर्ने छन् ।
उहाँ
१ः३० भारतीय सेनाको विशेष हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाट स्वागत
विमानस्थलबाट १ः४० बौद्धस्थित हायात होटलमा प्रस्थान
१ः५५ हायात होटलमा लन्च
३ः४५ हायात होटलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेटवार्ता
४ः०० गार्ड अफ अनरका लागि बौद्धस्थित होटलबाट चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै बबरमहल, माइतीघर मण्डला, भद्रकाली हुदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान
४ः४५ उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटवार्ताका लागि कान्तिपथस्थित बहादुर भवन
५ः३० राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शीतल निवास
६ः०० महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटल
६ः३५ प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच ‘वान टू वान’ भेटवार्ता
७ः१५ दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्ता
७ः४० पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता
८ः०० अरुण तेस्रो जलविद्युत आयोजनाको होटल द्धारिकाजबाट संयुक्त शिलान्यास
९ः०० द्वारिकाजमै डिनर
९ः०० वासस्थान हायात होटल प्रस्थान
वैशाख २९ का लागि प्रधानमन्त्री मोदीको कार्यक्रम यस प्रकार रहेको छ –
बिहान ६ः०० मुक्तिनाथ जानका लागि बौद्धबाट विमानस्थल प्रस्थान
६ः२० हेलिकप्टरबाट मुक्तिनाथ प्रस्थान
७ः५० मुक्तिनाथ दर्शन
८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान
८ः५० जोमसोम अवरण
९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान
१०ः२० काठमाडौं अवतरण
१०ः३० विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान
११ः३० होटल हायात प्रस्थान
१२ः५० हायातमा लन्च
२ः३० नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता
२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान
३ः३० नागरिक अभिनन्दन
३ः४५ नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान
४ः०० नयाँ दिल्ली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया