भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पहिलो राजकीय भ्रमणका क्रममा  शुक्रबार १०ः३६ बजे जनकपुर आइपुगेका छन् । उनको विमान जनकपुरको विमानस्थलमा अवतरण गरेको छ ।

परराष्ट्रमन्त्रालयले जनाए अनुसार मोदीको यो पहिलो राजकीय भ्रमण हो । यस अघि दुई पटक औपचारिक भ्रमणमा नेपाल आइपुगेका मोदीले पहिलो २ दिने नेपालको राजकीय भ्रमण प्रदेश नम्बर २ बाट सुरु गर्ने निर्णय गरे अनुरुप जनकपुर आइपुगेका हुन् । 

विमान स्थलबाट प्रधानमन्त्री मोदी जनकपुरको विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुग्नेछन् । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?