नवलपरासी — विगत २४ वर्षदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको परिवारका सदस्य रहेका नेपाली युवक जितबहादुर सारुमगरका परिवारजनले मोदीको नेपाल भ्रमणका सन्दर्भमा जितबहादुरलाई पनि सँगै ल्याइदिन आग्रह गरेका छन् ।
यसअघिको नेपाल भ्रमणका बेला मोदीले आफैसँगै जितबहादुरलाई ल्याएर पारिवारिक मिलन गराइएदिएका थियो । त्यसयता जन्मघरका सदस्यहरुले उनलाई फेरि भेटन पाएका छैनन् । मोदीको नेपाल भ्रमणका लागि जनकपुरमा भब्य स्वागतको तयारी भइरहँदा जितबहादुरका परिवारजन भने निरास छन् । अघिल्लोपटक मोदी आउदा सँगै ल्याएर हायात होटलमा पारिवारीक मिलन गराइदिएपछि १५ दिनसम्म जितबहादुर कावासोती नगरपालिका १ स्थित सुकुम्वासी बस्तीमा बसेर मोदी निवास गुजरात फर्केका थिए । त्यसयता परिवारजनले उनलाई भेटन पाएका छैनन् ।
‘छोराले फोन पनि गर्दैन भेटन पनि पाइदैन । यस्तो अवस्था त कसैको हुदैन होला,’ जितबहादुरकी ६६ वर्षीया आमा खगिसरा सारुले निरास हुँदै भनिन्, ‘त्यत्रो भारतीय प्रधानमन्त्रीको निवासमा हुर्के बढेर सँगै रहेको छोराले फोन त गर्दैन गर्दैन, यता बाट गर्दा पनि उठाउन्न ।’ त्यसो त जितबहादुरकी आमा, भाउजु र एक्ला दाजुले हप्तैपिच्छे फोन गर्छन् तर, जित बहादुरले फोन उठाउदैनन् । कहिलेकाही भुक्किएर उठाइहाले पनि हिन्दीमा बोल्छन्, लामो कुरा गर्न चाहान्नन् । फोन नउठाउने र उताबाट पनि सम्पर्क नगर्नाको कारण भने परिवारका सदस्यलाई केही थाहा छैन । सानैदेखि मोदी निवासमा हुर्किएका जितबहादुर हिन्दीमा बोल्छन् । सामान्य नेपाली बुझेपनि प्रतिउत्तर हिन्दीमै दिन्छन्, कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया