कर्णालीको मुख्यमन्त्रीमा शाहीले गरे दाबी पेस

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठबन्धन दलहरुको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कर्णालीका प्रदेश प्रमुख गोबिन्द बहादुर कलौनीले दिएको समयसीमा अनुसार मंगलबार दिउँसो शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नेता शाहीले नेपाली कांग्रेसहित नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) को समर्थन रहेको छ ।

पूर्व सहमती अनुसार सोमबार महेन्द्र बहादुर शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख कलौनीले दाबी पेस गर्नका लागि आह्वान गरेका थिए । आज साँझ साढे ७ बजेसम्मका लागि समयसीमा रहेको छ । उनले आजै शाहीलाई मुख्यमन्त्री बनाउने तयारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?