काठमाडौं । प्रदेश नम्बर–६ सुर्खेतको तामाचौर छिन्चुमा आमा– छोरी मिलेर ५७ वर्षीय श्रीमान नहकुलकुमार शाहीको हत्या गरेका छन् ।
सुर्खेतको सिम्ता गाँउपालिकाको तामाचौर बस्ने शाही बुधवार विहान शरीरका विभिन्न भागमा चोट लागी घाइते भइ आफ्नो घर नजिकै मृत अवस्थामा फेला परेका थिए ।
ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेका अनुसार, घटनाको अनुसन्धानमा खटेको प्रहरीले हत्याको अभियोगमा मृतक नहकुलकी श्रीमती र छोरीलाई नियन्त्रणमा लिइको हो ।
ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका आमा–छोरीले श्रीमान नहकुलको हत्या गरेको सकारेका छन् । घरायासी विवादका कारण उनको हत्या भएको हुन सक्ने जनाइएको छ ।
हत्याको अभियोगमा आमा ५२ वर्षीय तुल्सा शाही र छोरी २२ वर्षीय कल्पना शाहीलाई प्रहरीले पक्राउ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया