बालाजुक्षेत्रका अबैध रक्सी भट्टी नियन्त्रण अभियान शुरु

काठमाडौं । बालाजु–तारकेश्वरक्षेत्रमा लागूऔषध दुर्ब्यशन र विषाक्त घरेलु मदिरा नियन्त्रण गर्न प्रहरी र नागरिक समाजबीच संयुक्त हातेमालो अभियान सञ्चालन गरिएको छ । 

महानगरीय प्रहरी वृत्त बालाजु र तारकेश्वर नगरपालिका वडा नम्वर–३ ले विहीवार तीनपिप्लेमा एक कार्यक्रमको आयोजना यस्तो अभियान सञ्चालन गरेका हुन । 

उक्त क्षेत्रमा लागूऔषध दुर्ब्यशनीको समस्या, घरेलु मदिराको अबैध ओसारपसार तथा उत्पादन र घरेलु मदिरासंगै उत्पन्न्न हुने घरेलु हिंसा नियन्त्रण गर्न यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

विभिन्न राजनीतिक पार्टीका स्थानीय नेता, कार्यकर्ता, विद्यार्थी, स्थानीय सर्वसाधरणहरुको सहभागिता रहेको सो कार्यक्रममा वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले घरेलु मदिराको उत्पादनमा नियन्त्रण गर्न स्थानीयको सहयोग आवश्यक रहेको बतताए । 

सरकारले लागूऔषध नियन्त्रण र घरेलु मदिरा नियन्त्रण कार्यलाई अभियानकै रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?