एमाले महाधिवेशन : देशभरबाट १,५३६ प्रतिनिधि सहभागी हुने

लोकपथ
140
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको आगामी १० औँ महाधिवेशनमा देशभरबाट १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् ।

आज बसेको एमालेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराएका छन् ।

प्रवक्ता ज्ञवालीका अनुसार हाल ७ लाख २१ हजार पार्टी सदस्य संख्या रहेको छ । जसमध्येबाट १,५३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुने उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?