मन्त्री झाँक्री अस्पताल भर्ना

लोकपथ
406
Shares

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिइन् ।

“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भनिन्, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?