माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, ५ जना घाइते

लोकपथ
56
Shares

सिराहा । सिराहामा ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर ५ जना घाइने भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएका धनगढीमाई नगरपालिका ५ जयपुरका प्रकाश कामैतको ११ वर्षिया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर मृत्यु भएको हो ।

दिपावली पर्व नजिकिँदै गर्दा घर लेबपोत गर्न गाउँ देखि २ सय मिटर परको माईट खुन्मा ९माटो लिने ठाउँ० किस्को खसेर पुरिएका उनको स्थानीयले निकाल्ने प्रयास गरेपनि उनलाई जिवितै उद्धार गर्न नसकिएको स्थानीय सन्तोष साहले जानकारी दिए ।

ढिस्को परेर मनिषकी आमा ममता देवी कामैत पनि घाईते भएकी छन् । उनको स्थानीय पोली क्लिनिकमा उपचार भईरहेको जनाएको छ ।

त्यसैगरी, ढिस्कोमा परी स्थानिय महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादबकी ७ वर्षीया छोरी सविता यादब, २६ वर्षिय सीता देवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षिय छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरका सूचना अधिकारी शुवास ढकालले जानकारी दिए ।
घाइतेमध्ये राजकुमार यादवकी १० वर्षिय छोरी सविताको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?