न्यायालय विवाद : सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा

लोकपथ
133
Shares

काठमाडौं । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

न्यायालयभित्र बढ्दो विवादका बीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकारसमेतलाई प्रवेशमा कडाइ गरिएको छ । यस्तै रामशाहपथ क्षेत्रमा सुरक्षा समेत बढाइएको छ ।

पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित सर्वोच्च बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बरु महाभियोग लागे त्यसको फेस गर्न तयार रहने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?